Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नेपालबाट भर्खर भारत फर्किएका व्यक्तिमा कोरोनाको नयाँ भेरिएन्ट देखियो

नेपालबाट भर्खर भारत फर्किएका व्यक्तिमा कोरोनाको नयाँ भेरिएन्ट देखियो


  • 2.7K
    Shares

    नेपालबाट भर्खर भारत फर्किएका व्यक्तिमा कोरोनाको नयाँ भेरिएन्ट देखियो
    images

    काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित नोएडामा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ बाट संक्रमित व्यक्ति भर्खरै नेपालबाट फर्किएको खुलेको छ।

    एक भारतीय अनलाइन पत्रिकाकाले धेरै महिनापछि नोएडामा ५४ वर्षीय व्यक्तिमा कोरोना संक्रमण देखिएको जनाएको छ।

    कोरोना देखिएका ती व्यक्ति हालै नेपाल गएर फर्किएको दाबी दैनिक भास्करले गरेको हो। ती व्यक्ति हरियाणाको गुरुग्राममा काम गर्ने पत्रिकाले उल्लेख गरेको छ।

    भारतमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ तीव्र गतिमा फैलिरहेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अवधिमा एक संक्रमितको मृत्यु पनि भएको दैनिक भास्करले जनाएको छ। 

    प्रकाशित मिति :पौष ६ २०८० शुक्रवार - १५:२२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij