Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

क्रेष्ट माइक्रो लाइफद्वारा सि.एम.एल. लघु सावधिक जीवन बीमा योजना सार्वजनिक

क्रेष्ट माइक्रो लाइफद्वारा सि.एम.एल. लघु सावधिक जीवन बीमा योजना सार्वजनिक


  • 2.3K
    Shares

    क्रेष्ट माइक्रो लाइफद्वारा सि.एम.एल. लघु सावधिक जीवन बीमा योजना सार्वजनिक
    images

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सि.एम.एल. लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ ।

    बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै कम्पनीले सि.एम.एल. लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक नयाँ सावधिक बीमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यो योजनाले न्यून बीमा शुल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन समेत गर्दछ । यसको प्रमुख बिशेषता भनेको रेगुलर बीमाशुल्क भुक्तानी गर्ने बीमालेखमा रु ४५ प्रति वर्ष प्रति हजार र सिंगल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखमा रु ५० प्रति वर्ष प्रति हजार ग्यारेन्टि रिर्टन हो । 

    कम्पनीका अनुसार यो बीमालेख १८ वर्ष देखि ६० वर्ष उमेर सम्मको ग्राहकले खरिद गर्न सक्नेछन् । कम्तीमा ५ वर्ष र अधिकतम २५ वर्ष अवधि रहेको यो बीमालेखमा न्युनतम बीमांक रकम रु दश हजार रहेको छ । बीमितले आफ्नो सुविधा अनुसार एकल, वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रुपमा बीमाशुल्क भुक्तानीको विकल्प रोज्न सक्नेछन् ।

    कम्पनीका अनुसार बीमा अवधि पुरा नहुँदै वा ७० वर्ष नपुग्दै बीमितको निधन भएमा बीमांक रकम तथा ग्यारेन्टि गरिएको रकम एकमुष्ठ भुक्तानी पाउने कम्पनीले जनाएको छ।

    प्रकाशित मिति :पौष ६ २०८० शुक्रवार - १२:५२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij