Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गरिमा विकास बैंकले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने 

गरिमा विकास बैंकले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने 


  • 3.2K
    Shares

    गरिमा विकास बैंकले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने 

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गरेको छ ।

    बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको २९७औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गर्ने निर्णय गरेको छ ।

    प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ ।

    विकास बैंकको हाल चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया १४ पैसा मात्र रहेकोमा प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७रुपैंया ५७ पैसा पुग्ने बैंकले जनाएको छ ।

    काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रकाशित मिति :पौष ५ २०८० बिहिवार - १५:३६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij