Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

पशुपति क्षेत्र विकास कोषको सल्लाहकारको पद खारेज

पशुपति क्षेत्र विकास कोषको सल्लाहकारको पद खारेज


  • 3.0K
    Shares

    पशुपति क्षेत्र विकास कोषको सल्लाहकारको पद खारेज
    images

    काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त गरिएका एक सय भन्दा बढी सल्लाहकारहरूको पद खारेज गर्ने निर्णय भएको छ । बुधवार बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गर्ने निर्णय गरेको हो । 

    राज संस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय भन्दा बढी सल्लाहकार खारेज गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ । 

    परिषद् बैठकले पशुपति क्षेत्र परिषदमा मदिरा विक्री वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ । बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोस्टहरू निर्माण गर्ने समेत निर्णय गरेको जनाएको छ ।

    प्रकाशित मिति :पौष ४ २०८० बुधवार - १६:०९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij