२०८२ माघ १३ गते मंगलवार
हिमालयन रि इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीले आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द हुने भनेको छ। तर माग अनुसार आवेदन प्राप्त भए अर्को सूचना प्रकाशन गरि कुनै पनि दिन निष्काशन बन्द हुने कम्पनीको सुचनामा उल्लेख छ।
कम्पनीले आईपीओ सर्वसाधारणलाई मंसिर २७ गतेदेखि खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो।
कम्पनीले मङ्सिर ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाइसकेको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता सेयर निष्कासन गरेको थियो । उक्त आइपिओमा ३४ हजार दुई सय छ जनाले ४५ लाख ८२ हजार छ सय ७० कित्ता सेयरका लागि आवेदन दिएका थिए।
हिमालयन रिइन्स्योरेन्सले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्रबाटअनुमति प्राप्त गरेको थियो । वैदेशिक रोजगारमा रहेका नेपालीलाई छुट्ट्याइएको १० प्रतिशत बाहेक कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता पनि सेयर बाँडफाँट पश्चात् सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij