Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी

कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी


  • 3.3K
    Shares

    कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी

    काठमाडौँ । कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी नियुक्त भएका छन् ।  प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गरे । करिब १७ वर्षको बैंकिङ अनुभव भएका सुवेदीले शुक्रवार आफ्नो पद बहाली गरेका हुन् ।

    उक्त स्वागत तथा पदवहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरूको उपस्थिती रहेको थियो । सुवेदी कामना सेवामा आउनु भन्दा अगाडि सांग्रीला डेभलपमेण्ट बैंकमा कार्यरत रहेका थिए । 

    सुवेदीको नियुक्तिले बैंकको आफ्नो व्यवसाय वृद्धिमा उल्लेख्य टेवा पुग्ने विश्वास बैंकले लिएको छ । हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ वटा एटिएमवाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । 

    प्रकाशित मिति :मंसिर २९ २०८० शुक्रवार - १८:३६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij