Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

निजी विद्यालयहरूको संस्थामा एनआइएमबीको डिजिटल बैंकिङ सेवा

निजी विद्यालयहरूको संस्थामा एनआइएमबीको डिजिटल बैंकिङ सेवा


  • 2.7K
    Shares

    निजी विद्यालयहरूको संस्थामा एनआइएमबीको डिजिटल बैंकिङ सेवा
    images

    काठमाडौँ ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइइमबी)ले निजी तथा आवसीय विद्यालयहरूको संस्था (प्याब्सन)मा डिजिटल बैंकिङ सेवाको सुरूवात गरेको छ। 

    काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको बैंकले बताएको छ।

    साथै सो कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकको भनाइ छ।

    यो व्यवस्थापछि भुक्तानी गर्दा नगद कारोबारमा कमी भइ विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकहरूलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ। 

    साथै, डिजिटल प्रणालीबाट शुल्क संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ। 

    प्रकाशित मिति :मंसिर २९ २०८० शुक्रवार - ०७:४०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij