Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली हुने, तराईका जिल्लामा हुस्सु लाग्ने

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली हुने, तराईका जिल्लामा हुस्सु लाग्ने


  • 2.5K
    Shares

    आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली हुने, तराईका जिल्लामा हुस्सु लाग्ने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

    आज (शुक्रबार) बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको विभागले जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

    विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार शुक्रबार राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    आगामी २४ घण्टासम्म पहाडी देशका विभिन्न ठाउँमा चिसो बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। शुक्रबार दिउँसो तथा राति पनि तराईका जिल्लाहरुमा हुस्सु र कुहिरो लाग्ने छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने छ। 

    प्रकाशित मिति :मंसिर २९ २०८० शुक्रवार - ०६:२४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij