Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

इस्लिङ्टन कलेजका ७८२ विद्यार्थी दीक्षित

इस्लिङ्टन कलेजका ७८२ विद्यार्थी दीक्षित


  • 3.1K
    Shares

    इस्लिङ्टन कलेजका ७८२ विद्यार्थी दीक्षित

    काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित इस्लिङ्टन कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ।

    समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन र बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी का ७१० जना विद्यार्थी सहभागी भएका थिए भने स्नातकोत्तर तह अन्तर्गत एमएससी आईटी र एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दिक्षीत भएका थिए।

    409761883_3477448112506614_5483221987030202561_n.jpg

    समारोहमा बिजनेस विषयमा स्नातक तह गर्ने १४५ र आईटी तह पूरा गर्ने ५६५ विद्यार्थी गरी कुल ७८२ विद्यार्थी दीक्षित भएका थिए। यस वर्ष लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट छात्रवृत्तिको लागि दुई उत्कृष्ट विद्यार्थी सन्देश तिम्सिना र  आशिष आचार्यलाई छात्रवृत्ति प्रदान गरिएको थियो।

    साथै आईएनजी छात्रवृत्तिका लागि रोदन महर्जन र मोहम्मद तौसिफ रेजा सम्मानित भएका थिए। यी छात्रवृत्तिहरू कलेको स्नातकहरूको उल्लेखनीय उपलब्धि र भविष्यको सफलताको लागि अपार सम्भावनाको प्रमाण भएको कलेजले जनाएको छ।

    वार्षिक स्नातक समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा वेन्डी ब्लोइसी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो भाइस चान्सलर, नोना म्याकडफल लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम गरिएको थियो।

    आइएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले प्रत्येक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिँदै उनीहरूको लगनशीलता र समर्पणको प्रशंसा गरे। डा ब्लोइसी साथै प्रोफेसर म्याकडफलले यस अवसरमा आईएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो साझेदारीलाई प्रकाश पार्दै विद्यार्थी र कलेजको उल्लेखनीय उपलब्धिको प्रशंसा गरे।

    409984584_3477450389173053_8871175928918288718_n.jpg

    प्रकाशित मिति :मंसिर २७ २०८० बुधवार - १६:२१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij