Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने तयारीमा सरकार

कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने तयारीमा सरकार


  • 3.8K
    Shares

    कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने तयारीमा सरकार

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार रहेको बताएका छन् ।

    सिन्धुपाल्चोकको चौतारा–८ स्थित इर्खु माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव तथा २४औँ अभिभावक भेलालाई मंगलवार सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, “१२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने तयारीमा सरकार रहेको छ ।

    आर्थिक अभावमा  कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुने अवस्था नआओस् भनेर कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार छ । त्यसको घोषणा चाँडै हुनेछ ।” 

    मन्त्री बस्नेतले चिकित्सा शिक्षालाई सबैको पहुँचमा पु¥याउने अभियानमा आफू लागेको बताउँदै तीन सय शय्या भएको अस्पतालमा नर्सिङ, तीन  सयभन्दा माथिका अस्पतालमा चिकित्सा शिक्षा अध्यापनको अनुमति दिइने जानकारी दिए । 

    प्रकाशित मिति :मंसिर २७ २०८० बुधवार - ०५:४४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij