Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

आजबाट सुरू भयो जनकपुरधाममा विवाहपञ्चमी महोत्सव

आजबाट सुरू भयो जनकपुरधाममा विवाहपञ्चमी महोत्सव


  • 3.0K
    Shares

    आजबाट सुरू भयो जनकपुरधाममा विवाहपञ्चमी महोत्सव
    images

    जनकपुरधाम । सबैभन्दा ठूला उत्सवहरूमध्ये एक साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आजबाट सुरू हुँदै छ ।

     त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको विश्वासमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ ।

    आज पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । भगवान् राम पहिलो पटक तत्कालीन मिथिलाको राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’कार्यक्रम गरिन्छ । ‘नगर दर्शन’ कार्यक्रम आज साँझ जानकी मन्दिर परिसरमा आयोजना गरिएको छ ।

    दोस्रो दिन फूलबारी लीला (विवाह मण्डपको फूलबारीमा), तेस्रो दिन धनुषयज्ञ (रंगभूमि मैदानमा), चौथो दिन तिलकोत्सव (राम मन्दिर परिसरमा) र पाँचौँ दिन मटकोर (गंगासागर पोखरी घाटमा)मा गरिनेछ । छैटौँ दिन अर्थात् पुस १ गते सीताराम स्वयंवर तथा शुभ विवाह र सातौँ दिन (राम कलेवा) कार्यक्रम तय गरिएको छ ।

    विवाह पञ्चमीमा भगवान् रामको जन्मभूमि अयोध्याबाट प्रत्येक ५ वर्षमा जन्ती आउने चलन छ । महोत्सवमा सबैभन्दा ठूलो आकर्षण नै भारतको अयोध्याबाट आउने जन्ती हुन्छ । हुन त यो वर्ष औपचारिक रूपमा यस वर्ष जन्ती आउने छैन । तर अयोध्याका केहि साधु सन्त आउने जानकी मन्दिरका सहायक महन्त रामरोषण दास ुवैष्णवुले जानकारी दिए ।

    माछा, मासु र मदिरा प्रतिबन्ध

    विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा ‘मदिरा बिक्री वितरण तथा पशुपंक्षी काट्न, माछा/मासु बिक्री वितरण गर्न निषेध गरिएको छ ।

    मंसिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म जनकपुरधाम क्षेत्रमा माछा, मासु र मदिरा निषेध गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको हो ।

    ‘जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको छ’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

    सूचना विपरीत निषेधित क्षेत्रमा माछा, मासु र मदिरा खरिद विक्री तथा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

    प्रकाशित मिति :मंसिर २६ २०८० मंगलवार - १०:४९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij