Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

कुमारी बैंकको सहायक कम्पनी केबिएल सेक्यूरिटिज सञ्चालनमा

कुमारी बैंकको सहायक कम्पनी केबिएल सेक्यूरिटिज सञ्चालनमा


  • 2.6K
    Shares

    कुमारी बैंकको सहायक कम्पनी केबिएल सेक्यूरिटिज सञ्चालनमा
    images

    काठमाडौँ । कुमारी बैंकको सहायक कम्पनी केबिएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) सञ्चालनमा आएको छ ।

    बैंक सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले आज एक समारोहका बीच कम्पनीको कारोवार शुभारम्भ गरेका हुन् । 

    कार्यक्रममा केबिएल सेक्यूरिटिज, कुमारी बैंक तथा कुमारी क्यापिटल लिमिटेड सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

    कारोवार शुभारम्भ गरेसंगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबिएल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरे । 

    केबिएल सेक्यूरिटिज, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सिमित कारोवार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

    प्रकाशित मिति :मंसिर २६ २०८० मंगलवार - ०७:१२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij