Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा


  • 2.9K
    Shares

    ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

    काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज लिमिटेडले सोमवारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा शुरू गरेको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच कम्पनीको उद्‌घाटन गरी टीएमएसमार्फत धितोपत्र खरिद सेवाको शुभारम्भ गरेका हुन् ।

    सो समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यावसायिक सफलताको कामना गरेका थिए । साथै धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत कम्पनीले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने उनको भनाइ थियो ।​

    त्यसैगरी ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरूबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा कम्पनी उदाहरणीय हुने बताए ।

    समारोहमा ग्लोबल आईएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका संचालकहरू​ लगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारको लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान कामनपा वडा नं १० नयाँबानेश्वर शंखमुलमार्ग र नेपाल स्टक एक्सचेन्जको धितोपत्र दलाल सदस्य नम्बर ८९ रहेको छ ।

    प्रकाशित मिति :मंसिर २५ २०८० सोमवार - १६:३५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij