Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भरतपुरमा लगानी गर्न चिनियाँ लगानीकर्ता सकारात्मक

भरतपुरमा लगानी गर्न चिनियाँ लगानीकर्ता सकारात्मक


  • 2.9K
    Shares

    भरतपुरमा लगानी गर्न चिनियाँ लगानीकर्ता सकारात्मक

    चितवन । भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ता सकारात्मक देखिएका छन् । भरतपुर–२२ को सोल्टी वेस्र्टन होटलमा भएको लाईभ तथा अनलाईन अन्तरक्रिया कार्यक्रममा भरतपुरको विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका हुन् । चेम्बर अफ कर्मस छ्यान्जाओ सिआनको आयोजनामा भएको कार्यक्रममा स्थानीय उद्यमीको सहभागितामा १ सय ३० जना विदेश लगानीकर्ताहरु सो कार्यक्रममा सहभागि थिए ।

    भरतपुरको पर्यटकीय क्षेत्रका सम्भावनालाई चिनियाँ बजारसम्म पुराउन पटिहानी क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको चेम्बर अफ कर्मस छ्यान्जाओका कार्यकारी अध्यक्ष चोङ्ग कोए पिनले जानकारी दिए ।

    अध्यक्ष पिनले भरतपुरमा धेरै क्षेत्रमा लगानी गर्न सकिने भएपनि पहिलो चरणमा भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्ष्ति गरेर पर्यटन प्रर्वद्धनमा लागेको उल्लेख गरे। भ्रमण वर्ष सफल बनाउन भरतपुरका पर्यटकीय क्षेत्रको बारेमा रिर्पोट बनाएर सिआन छ्यान्जाओ सरकारसँग पटक पटक छलफल भएको सो अवसरमा जानकारी दिए ।

    भ्रमण वर्षको प्रचार–प्रसार गर्न नेपाली सँस्कृति झल्कने गरी सिआन सहरमा संग्रालय निर्माणको काम अगाडि बढाइएको पनि अध्यक्ष पिनले बताए । भरतपुरमा तत्काल नै फुड एण्ड बेबरेज, पाईप फ्याक्ट्री, कृषि तथा शिक्षा क्षेत्रमा लगानी गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको उनले बताए ।

    करिब ३ महिनाको बीचमा भरतपुरबारे धेरै कुरा जान्ने अवसर पाएकाले बोलेका कुरा पुरा गर्ने चेम्बर अफ छ्न्जाओ सिआनको विषेश्ता रहेको अध्यक्ष पिनले बताए । कार्यक्रममा वैज्ञानिक डा. उ जिनले भरतपुरले आईटी क्षेत्रमा पनि सिआनसँग सहकार्य गर्न सक्ने बताए । भरतपुरको शान्ति, सुरक्षा तथा प्रविधिमैत्री महानगर निर्माणमा दुई सहरले सहकार्य गर्ने डा जिनले बताए ।

    चीन भाषा विज्ञ सरोज बस्नेतले भरतपुरमा लगानीकर्तालाई आर्कषित गर्न पहिलो चरणको लगानी सम्मेलन आयोजना गरिएको बताए । निकट भविष्यमा अझै ठुलो लगानी सम्मेलनमार्फत भरतपुरको आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा लगानी भित्र्याउन सकिने बताए ।

    भाषा विज्ञ बस्नेतले लगानीकर्तालाई सरलीकरण गर्नसकियो भने लगानी सहज रुपमा भित्रयाउन सकिने जिकिर गरे । कार्यक्रमका सञ्चालक तथा सरल नेपालका अध्यक्ष मनिष पौडेलले भरतपुरको स्थानीय स्तर हुँदै महानगरस्तरीय लगानी सम्मेलन आयोजना गर्ने उदेश्य राखिएको बताए ।

    अध्यक्ष पौडेलले भरतपुर भ्रमण वर्ष सफल बनाउन सिआन सिटीले एकदमै क्रियाशिल भई काम गरिरहेको बताए । कार्यक्रमका प्रमुख अतिथि तथा भरतपुर महानगरपालिका २२ का अध्यक्ष विष्णुराज महतोले पहिटानी क्षेत्र नेपाल सरकारको १०० गन्तव्यभित्र सूचीकृत क्षेत्र भएकाले चिनियाँ तथा बाह्य सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

    कार्यक्रममा चिनियाँ टोलीसँगै भरतपुरका विभिन्न क्षेत्रका व्यवसायीहरु उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :मंसिर २४ २०८० आइतवार - १०:०६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij