२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार दिउँसो आगलागीमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
काठमाडौंमा उपचारका क्रममा सुनिता कामतको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
‘उपचारका लागि काठमाडौं पठाइएका चारमध्ये सुनिता कामतको बुधबार राति ८ः२५ मा उपचारकै क्रममा निधन भएको छ’, मोरङ प्रहरी प्रवक्ता रन्जन दाहालले भने ‘घटनास्थलमै जलेर ज्यान गुमाउने सुशीला पासवान भएको पनि खुलेको छ।’
आगलागीमा परेर गम्भीर घाइते दीपक मण्डलको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो। थप घाइते ३ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार गोदाममा काम गर्ने मजदूरहरुले चुरोट पिउन खोज्दा त्यसैबाट आगो सल्किएको थियो।
‘कवाडी गोदाममा केमिकलमा हाल्ने परफ्युम भर्ने क्रममा चुरोट सक्लाउँदा आगजानी भएको पाइएको छ’, डिएसपी दाहालले भने ‘‘त्यहाँ प्रयोग हुने केमिकल एकदमै प्रज्जवलनशील पदार्थ हो।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij