Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, क-कसले पाउदैछन् लाभांश ?

नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, क-कसले पाउदैछन् लाभांश ?


  • 3.0K
    Shares

    नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, क-कसले पाउदैछन् लाभांश ?

    काडमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

    इन्स्योरेन्सले पुस १३ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजे ७५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    मङ्सिर २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीहरूले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले मङ्सिर २८ गते बुकक्लोज गर्ने भएको छ। 

    सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हकप्रद शेयरको हक हस्तान्तरण गर्न व्यवस्था थप गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।

    प्रकाशित मिति :मंसिर २० २०८० बुधवार - १२:११:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij