Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु

नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु


  • 9.8K
    Shares

    नेपालमा थप १९४८  जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ६२ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ३१४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७ हजार९९८पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३८९ पुगेको छ ।

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - १६:२६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij