Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने सम्झौता 

नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने सम्झौता 


  • 3.0K
    Shares

    नेपाल बैंक र एक्जिम बैंक इन्डियाबीच वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने सम्झौता 

    काठमाडौँ । नेपाल बैंकले र एक्जिम बैंक इन्डियाबीच सम्झौता भएको छ । वित्तिय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ‘ट्रेड एसोसिएसन प्रोगाम’ अन्तर्गत सम्झौता भएको हो ।

    नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो । नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।

    दुई संस्थाहरूबीचमा भएको हस्ताक्षर कार्यक्रममा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले भने, ‘हामी एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं ।

    आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरिनेछ । यो सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरि कार्य गर्ने योजनामा छौं ।’

    प्रकाशित मिति :मंसिर २० २०८० बुधवार - ०७:२०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij