Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’

टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’


  • 2.9K
    Shares

    टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’

    काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजबाट पूर्ण सुनुवाइ हुने भनिए पनि न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो।

    गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट दर्ता भएका थिए।

    ती रिटमाथि मंसिर ५ गते भएको सुनुवाइको क्रममा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले आज (मंगलबार)का लागि पूर्ण सुनुवाइको मिति तोकिएको थियो।

    न्यायाधीश विनोद शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश गरेको थियो।

    प्रकाशित मिति :मंसिर १९ २०८० मंगलवार - १४:१७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij