Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

डिप्लोमा तहको परीक्षा आवेदन खुल्यो (सूचनासहित)

डिप्लोमा तहको परीक्षा आवेदन खुल्यो (सूचनासहित)


  • 2.8K
    Shares

    डिप्लोमा तहको परीक्षा आवेदन खुल्यो (सूचनासहित)

    काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको परीक्षा आवेदन फाराम भर्नेबारे सूचना जारी गरेको छ ।

    परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत डिप्लोमा तह अध्ययन गरेका विद्यार्थीका लागि परीक्षा आवेदन भर्नेबारे सूचना जारी गरेको हो ।

    डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट र कृषि (बाली विज्ञान र पशु विज्ञान) दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाहरू माघ÷फागुन महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भरी बुझाउनका लागि सूचना जारी गरिएको जनाएको छ ।

    साथै विद्यार्थीहरुले पुस ११ गतेभित्र नियमित शुल्कमा पुस १९ गतेभित्र विलम्ब शुल्कमा तोकिएको हुँदा सम्बन्धित शिक्षण संस्थाहरूले अनिवार्य रूपमा परीक्षा आवेदन फाराम भराउन परिषद्को निर्देशन छ ।

    प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम र विपन्न) अन्तर्गत डिप्लोमा इन सिभिल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ (स्पेसलाइजेसन इन हाइड्रोपावर), अटोमोवाइल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, रेफ्रिजेरेसन एन्ड एयरकन्डिसनिङ, इन्फर्मेसन टेक्नोलोजी, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, इन्टरप्रेनरसिप डेभलपमेन्ट तथा कृषि (बाली विज्ञान र पशु विज्ञान) कार्यक्रमको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमित /आंशिक परीक्षा समेत सोही समयमा सञ्चालन हुने भएकाले उल्लिखित मिति र समय अनुसार आवेदन फाराम भर्नु भराउनुहुन अनुरोध गरेको छ ।

    साथै सर्तहरू पूरा नभएका र तोकिएको समयभित्र आवेदन फाराम नबुझाउने शिक्षण संस्थाका विद्यार्थीहरूलाई परीक्षामा सम्मिलित नगराइने जानाएको छ ।

    https://ctevt.org.np/

    16-page_M9ETpuRFaA.jpg

    प्रकाशित मिति :मंसिर १८ २०८० सोमवार - ०८:३२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij