Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ऋणी ग्राहकलाई एनआईसी एसिया बैंकको राहत, कर्जाको अधिकतम प्रिमियम अब ३ प्रतिशत मात्रै

ऋणी ग्राहकलाई एनआईसी एसिया बैंकको राहत, कर्जाको अधिकतम प्रिमियम अब ३ प्रतिशत मात्रै


  • 3.0K
    Shares

    ऋणी ग्राहकलाई एनआईसी एसिया बैंकको राहत, कर्जाको अधिकतम प्रिमियम अब ३ प्रतिशत मात्रै

    काठमाडौं । एनआईसी एसिया बैंकले ऋणी ग्राहकलाई राहात हुने हिसाबले कर्जाको अधिकतम प्रिमियम अब ३ प्रतिशतमात्रै लिइने जनाएको छ।

    बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरिएको जनाएको हो। यस सहुलियतपश्चात यसअघि ३ प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको बैंकले जनाएको छ।

    बैंकको मंसिर महिनाको औसत आधारदर १०.७ प्रतिशत रहेको छ। त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ।

    बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरु जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जामा लागू हुने व्यवस्था गरिएको छ। आर्थिक गतिविधि संकुचन भइरहेको यस समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई उनीहरुलाई कर्जा भुक्तानीमा सहज हुने बैंकले विश्वास लिएको छ।

    एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकमध्येको बैंक हो। बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६५६ एटीएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।

    प्रकाशित मिति :मंसिर १८ २०८० सोमवार - ०८:२७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij