Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनीको पहिलो जित

नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनीको पहिलो जित


  • 2.7K
    Shares

    नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनीको पहिलो जित
    images

    काठमाडौँ । एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । 

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । लुम्बिनीको जितमा स्टेफन बियोङ र एरिक विष्टले गोल गरे । 

    इलामका लागि भने अब्दुलाये बाले एक गोल फर्काए । बुटवलले खेलको ४८ औँ मिनेटमा पहिलो गोल गरी अग्रता लिएको थियो । बुटवलका फरवार्ड जिलेस्पी जङ्ग कार्कीले निकालेको क्रसमा बियोङले गोल गर्दै बुटवललाई पहिलो अग्रता दिलाएको हो । 

    त्यस्तै खेलको ७९ औँ मिनेटमा इलामका अब्दुलाये बाले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । उनले अमथ एनडाको पासमा बराबरी गोल फार्काएका हुन् ।

    त्यसपछि खेल सकिन तीन मिनेट बाँकी छँदा बुटवलका कप्तान एरिक विष्टले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यो जितसँगै तीन खेलमा बुटवल लुम्बिनीले ३ अङ्क जोडेको छ । समान तीन खेल नै खेलेको इलामको पनि समान ३ अङ्क नै छ ।

     

    प्रकाशित मिति :मंसिर १८ २०८० सोमवार - ०७:४७:१९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij