Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

महासमिति बैठक हुनेमा नेता तथा कार्यकर्ताकै आशंका

महासमिति बैठक हुनेमा नेता तथा कार्यकर्ताकै आशंका


  • 2.6K
    Shares

    महासमिति बैठक हुनेमा नेता तथा कार्यकर्ताकै आशंका

     काठमाडौँ । नेपाली कांग्रेसको विधानअनुसार १४औं महाधिवेशनपछिको दुई वर्षमा महासमिति बैठक दुई पटक भइसक्नुपर्थ्यो । तर यस अवधिमा उसले एउटा पनि महासमिति बैठक गर्न सकेको छैन । राजनीतिमा जसको नीति उसकै नेतृत्व भनिन्छ । 

    महाधिवेशनपछिको सबैभन्दाशक्तिशाली निकाय महासमितिबाट कांग्रेसले नयाँ नीति तथा कार्यक्रम तय गर्ने परम्परा छ । पछिल्ला दिनमा पार्टीको विचार, सिद्धान्त र कार्यक्रम होइन, मनी तथा मसल' का आधारमा कांग्रेसमा 'पोजिसन होल्ड' गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । 

    कांग्रेसले यसअघि महासमिति बैठकका लागि पूर्वनिर्धारित मिति दुईचोटि सारेको छ। उसले पछिल्लो पटक पुस १६ गतेदेखि ललितपुरमा महासमिति बैठक गर्ने भनेको छ। तर तेस्रो पटक तोकिएको मितिमा पनि कांग्रेस महासमिति बैठक हुनेमा नेता तथा कार्यकर्ताले नै आशंका गर्दै आएका छन् । त्यसका लागि पार्टीका पदाधिकारीले न्यूनतम तयारीसमेत नथालेकाले यस्तो आशंका उत्पन्न भएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

     

    प्रकाशित मिति :मंसिर १८ २०८० सोमवार - ०७:०४:४४ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij