२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने भएको छ । शनिबार एक सूचना जारी गर्दै करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको हो ।
नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०।०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौँ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण गर्ने महानगरले जनाएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको ‘गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने सम्बन्धी अनलाइन दरखास्त प्रणाली onlineapplication.kathmandu.gov.np मार्फत मात्र आवेदन दिनुपर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij