२०८२ भाद्र २ गते सोमवार
नर्थ वेस्टर्न प्राइभेट स्कुल्स अर्गनाइजेसन (NOPSO) द्वारा मंसिर १५ गते एक्सेल पब्लिक स्कुल स्वयंम्भुमा आयोजित नेपाली हिज्जे प्रतियोगितामा विभूति विधा मन्दिर ढुङ्गेधारा, वनस्थलिको कक्षा ५ मा अध्यनरत विधार्थिहरु आरुषि घिमिरे, विधा श्रेष्ठ तथा शुभम मानन्धरको टोलिले प्रथम स्थान हासिल गरेका छन् ।
देशका प्राइभेट स्कुलहरुले जहिले पनि अंग्रेज़ी भाषालाई मात्र प्राथमिकता दिन्छ भन्ने मान्यतालाई चिर्दै नोप्सोले हरेक वर्ष नेपाली भाषामा विधार्थिलाई दक्ष बनाउने उदेश्यले हिज्जे प्रतियोगिता गर्दै आएको कुरा संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले बताए।
विभूति स्कुलले भाग लिएका सबै जसो प्रतियोगितामा कसरी विजय प्राप्त गर्छ ? भन्ने खबरसेन्टर डटकमका सवांददाताको प्रश्नमा प्रधानाध्यापक राजेश्वर श्रेष्ठ बताउछन् 'हामि हरेक प्रतियोगिताको सुचना आउने बित्तिकै राम्रो तयारीमा जुट्छौं अनि सम्बन्धितका सबै विधार्थिहरु बिच प्रतिस्पर्धा गराएर सबैभन्दा उत्कृष्टलाई प्रतियोगितामा भाग लिन पठाउँछौं'।
प्रतिस्पर्धा जित्ने प्रमुख कडिनै हाम्रो राम्रो तयारी हो। राम्रो तयारी गरेमा कुनै पनि विधालयले निर्णायकलाई वा आयोजकलाई दोष दिन पर्दैन। विभूति स्कुलले यस शैक्षिकसत्र २०८० मा मात्र भाग लिएको सात वटा प्रतिस्पर्धा मध्य सातै वटामा (३ वटामा प्रथम, ३ वटा द्वितीय र १ वटामा चौंथो) पुरस्कार जित्न सफल भएको कुरा प्रधानाध्यापक श्रेष्ठले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij