Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त


  • 2.0K
    Shares

    इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त
    images

    काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को प्रमुख कार्यकारीमा भीम प्रसाद गौतम नियुक्त भएका छन् ।

    इप्पानले गौतमलाई बुधबार आगामी तीन वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रुपमा स्वागत गर्दै गौतमको कार्यकालमा इप्पानले नयाँ उचाईं हासिल गर्ने विश्वास व्यक्त गरे ।

    इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पानलाई नयाँ उचाईं दिन आफूले शतप्रतिशत योगदान दिने बताए ।दुई दशक लामो पत्रकारिताको अनुभव रहेका उनले पछिल्लो १५ वर्षदेखि ऊर्जा र पूर्वाधार क्षेत्रका विविध मुद्दामा कलम चलाउँदै आएका छन् ।

    देशभरका ४५० भन्दा बढी ऊर्जा उत्पादकहरु आवद्ध रहेको इप्पान ऊर्जा उद्यमीहरुको साझा संस्था हो । इप्पानमा आवद्ध संस्थामध्ये १६३ आयोजनाबाट १ हजार ७०० मेगावाट विद्युत् उत्पादन हुनुका साथै, ३ हजार २०० मेगावाट क्षमताका १३६ आयोजनाहरु निर्माणाधीन र ३ हजार ५०० मेगावाट क्षमताका १२६ आयोजनाहरु निर्माणमा जाने तयारीमा छन् । 

    क्षेत्रगत लगानीका हिसबाले सबैभन्दा धेरै लगानी भएको ऊर्जा क्षेत्रमा नेपालको निजी क्षेत्रबाट १३ खर्ब रुपैयाँ लगानी भइसकेको छ ।

    प्रकाशित मिति :मंसिर १४ २०८० बिहिवार - ०८:१२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij