२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । सानिमा बैङ्क लिमिटेडले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैङ्किङ्ग सेवा विस्तार गरेको छ ।
मंसिर १३ गते एक समारोहकाबिच बैङ्कको उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, बैङ्कका सञ्चालक रमेश कुमार पोखरेल तथा बैङ्कका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पान्डेले संयुक्त रूपमा गरेका हुन् ।
उद्घाटन् समारोहमा कलाकार श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैङ्कको कार्यालय संचालनमा आएकोमा बैङ्कलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैङ्कको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैङ्कका सञ्चालक पोखरेलले सानिमा बैङ्कलाई विश्वास गरि सबल अनि विश्वसनीय बैङ्कको रूपमा स्थापित हुन सहयोग गर्ने बैङ्कका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता ज्ञापन गरे ।
त्यस्तै, उक्त कार्याक्रममा बोल्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत पान्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैङ्कले स्थानीय ग्राहरूलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरी यस कार्याक्रममा सम्पूर्ण स्याङ्जा वासिको सहयोग र साथ पाउने विश्वास व्यक्त गरे ।
सानिमा बैङ्को देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij