२०८२ माघ १० गते शनिवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालहरुमार्फत आउने ठगी सम्बन्धी सूचनाहरू पहिचान गर्न र जोगिन सार्वजनिक अपिल गरेको छ ।
ह्वाट्सएप, भाइबर, म्यासेन्जर जस्ता मोबाइल एप प्रयोग गरी इमेल वा फोनबाट विभिन्न किसिमका चिठ्ठा परेको, पुरस्कार जितेको, धन सम्पत्ति वा सुन फेला परेको, अपुताली सम्पत्ति फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न सन्देशहरुबाट जोगिन बैंकले आग्रह गरेको हो ।
यस्तो सन्देशबाट व्यक्तिलाई प्रलोभनमा पारी उक्त रकम, उपहार वा पुरस्कार प्राप्त गर्न केही रकम पठाउनुपर्ने वा व्यक्तिको खाताको विवरण माग गर्ने गरेको पाइएको भन्दै यस्तो सूचनामा नफस्न राष्ट्र बैंकले सबैलाई सचेत गराएको छ ।
यस्ता घटना नेपालमा मात्र नभई संसारभर नै हुनेगरेको भन्दै राष्ट्र बैंकले आफू सचेत र सजग हुन सबैमा आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij