२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । इन्डियन च्याम्वर अफ कमर्सद्वारा आयोजित चौथो आइसीसी इमर्जिङ एसिया कन्क्लेभमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ ।
भारतको मुम्वईस्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक भव्य समारोहमा विमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बिमा कम्पनीहरूमध्ये उत्कृष्ट कम्पनीहरूलाई सम्मानित गर्ने क्रममा नेपालकै अग्रणी जीवन बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी “ग्रोथ इन न्यू बिजनेस प्रिमियम इन नेपाल अवार्ड” बाट सम्मानित भएको हो ।
विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बिमा कम्पनीहरूको कार्य सम्पादन मूल्याङ्कन लगायतका अन्य विधिहरूलाई स्वतन्त्र मूल्याङ्कन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो । कम्पनीका सहायक महाप्रबन्धक प्रज्वल सायमीले उक्त सम्मान ग्रहण गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij