२०८२ भाद्र ३ गते मंगलवार
रुसी सेनामा भर्ती भएका ३ जना नेपालीको मृत्यु भएको छ। २९ कात्तिक (तिहारको भाइटीकाको दिन)मा मृत्यु भएकोमा दुई सातापछि घटना सार्वजनिक भएको हो ।
युक्रेससँगको युद्धका क्रममा उनीहरूको निधन भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ।
नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो।
दूतावासका अनुसार यही नोभेम्बर १५ (कात्तिक २९) उनीहरूको मृत्यु भएको हो। रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न २ सय नेपाली कार्यरत रहेको अनुमान गरिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij