Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

निमावि शिक्षकको लाइसेन्स परीक्षामा ८.६१ प्रतिशत मात्रै पास

निमावि शिक्षकको लाइसेन्स परीक्षामा ८.६१ प्रतिशत मात्रै पास


  • 4.4K
    Shares

    निमावि शिक्षकको लाइसेन्स परीक्षामा ८.६१ प्रतिशत मात्रै पास

    काठमाडौं । शिक्षक सेवा आयोगले लिएको निम्न माध्यामिक तहको लाइसेन्स (अध्यापन अनुमति पत्र) परीक्षामा ८.६१ प्रतिशत परीक्षार्थी मात्रै पास भएका छन् ।

    बुधबार सार्वजनिक नतिजा अनुसार एक लाख ५१ हजार १२ जना सहभागी भएको परीक्षामा १३ हजार ७ जना मात्रै उतीर्ण भएका हुन् ।

    शिक्षक सेवा आयोगका अनुसार कोशी प्रदेशमा २४ हजार ३९ सहभागी भएकामा दुई हजार १३० (८.८६ प्रतिशत), मधेश प्रदेशमा २२ हजार ८५५ सहभागीमध्ये एक हजार ६१४ (७.०६ प्रतिशत), बागमतीमा १७ हजार ६५१ सहभागी मध्ये दुई हजार दुई (११.३४ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    त्यस्तैगरी गण्डकी प्रदेशमा ११ हजार ८९७ सहभागीमध्ये एक हजार १५२ (९.६८ प्रतिशत), लुम्बिनी प्रदेशमा २९ हजार २३० सहभागीमध्ये दुई हजार ८६३ (९.७९ प्रतिशत), कर्णाली प्रदेशमा २४ हजार १५४ सहभागी मध्ये एक हजार ५७४ (६.५२ प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ सहभागीमध्ये एक हजार ६७२ (७.८९ प्रतिशत) उत्तीर्ण भएका छन् । परीक्षार्थीहरुको कमजोर तयारीका कारण उतीर्ण हुनेको संख्या कम भएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा बताउँछन् ।

    उनी भन्छन्, ‘फारम खुलेको बेला कक्षा १२ को नतिजा आएको थियो । दिएर हेरौं न त भनेर फारम भरेर परीक्षामा सहभागी हुँदा यस्तो नतिजा आएको भन्ने हाम्रो बुझाइ हो ।’ आयोगका अनुसार परीक्षाका लागि एक लाख ७५ हजारले फारम भरेका थिए ।

    प्रकाशित मिति :मंसिर १२ २०८० मंगलवार - २०:५१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij