२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । यही मंसिर ७ गते इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित चौथों आइ सी सी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी सम्मानित भएकोछ ।
भारतको मुम्वई स्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक भव्य समारोहमा विमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गर्ने क्रममा नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी “ग्रोथ इन न्यु बिजनेश प्रिमियम इन नेपाल अवार्ड” बाट सम्मानित भएको हो ।
विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मुल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मुल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।
कम्पनीका सहायक महा प्रवन्धक प्रज्वल सायमीले उक्त सम्मान ग्रहण गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij