Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन महानगरको निर्देशन

सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन महानगरको निर्देशन


  • 2.6K
    Shares

    सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन महानगरको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरले सरकारले स्वीकृत गरेका पाठ्यक्रम मात्रै पठन पाठन गराउन भनेको छ। केही विद्यालयले स्वीकृत नभएका पाठ्यक्रम अध्ययन गराएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।

    काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले पाठ्यक्रम विकास केन्द्र सानोठिमीले स्वीकृत गरेका पुस्तक अध्ययन गराउन आग्रह गरेका छन्।

    ‘केही विद्यालयले स्वीकृत नभएका पाठ्यक्रम तथा पाठ्यपुस्तक पठनपाठन गरेको र पाठ्यपुस्तक किन्नका लागि विद्यार्थीलाई बाध्य गरेको गुनासोप्रति काठमाडौं महानगरको ध्यानकर्षण भएको छ,’ सबै विद्यालयलाई पठाएको पत्रमा भनिएको छ,‘नेपाल सरकारबाट स्वीकृत र पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत भएका पाठ्यपुस्तक मात्र पठनपाठनको व्यवस्था गर्न सूचित गरिन्छ।’

    विद्यालयले अंग्रेजी ब्याकरण तथा अंग्रेजी शब्दकोषका लागि बाहिरका पुस्तक पठन पाठन गराउन सक्ने छन्।

    प्रकाशित मिति :मंसिर १२ २०८० मंगलवार - १४:२२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij