Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख आर्थिक सहयोग

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख आर्थिक सहयोग


  • 2.4K
    Shares

    प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख आर्थिक सहयोग

    काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ गते गएको भूकम्प प्रभावितका लागि नेपाल बैंकले रू. ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सो रकम सहयोग गरेको हो ।

    नेपाल बैंकसञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बालुवाटारमा आज आयोजित एक कार्यक्रममा रू.५० लाखकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष हस्तान्तरण गरे । 

    उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर ज.ब.रा., का.मु.प्रमुख कार्यकारी अधिकृत समता पन्त, कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा बरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :मंसिर १२ २०८० मंगलवार - ०७:४०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij