Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

दुई विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

दुई विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 


  • 3.0K
    Shares

    दुई विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

    काठमाडौँ । सांग्रिला र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १० गते आइतबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यी दुवै बैंकले मंसिर ११ गते बुक क्लोज गर्ने भएका छन् । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।

    सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । बैंकले उक्त लाभांश प्रस्ताव पारित गर्न मंसिर २४ गते वार्षिक साधारण सभा डाकेको छ । 

    सभा, लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यता, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । 

    यस बैंकले लाभांश प्रस्ताव सहित मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा. लि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

    प्रकाशित मिति :मंसिर १० २०८० आइतवार - ०७:२७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij