Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कामना सेवा विकास बैंक र लुम्बिनी अस्पतालबीच छुट सम्झौता

कामना सेवा विकास बैंक र लुम्बिनी अस्पतालबीच छुट सम्झौता


  • 2.2K
    Shares

    कामना सेवा विकास बैंक र लुम्बिनी अस्पतालबीच छुट सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

    सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    स्वास्थ्य सेवाको पहुँच सर्वसाधारणसम्म पुर्‍याउने उद्देश्यले स्थापित लुम्बिनी हस्पिटलमा कामना सेवाका कर्मचारी र ग्राहकले बैंकसँगको आबद्धताको प्रमाणका आधारमा यो सुविधा पाउनेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    हाल बैंकले १३५ शाखा कार्यालय, ७७ एटीएम र विभिन्न शाखारहित सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

    प्रकाशित मिति :मंसिर ८ २०८० शुक्रवार - ०८:४२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij