Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा धेरै कर तिर्ने बैंक

ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा धेरै कर तिर्ने बैंक


  • 1.8K
    Shares

    ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा धेरै कर तिर्ने बैंक

    काठमाडौं । ग्लोबल आइएमई बैंक वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

    आन्तरिक राजस्व कार्यालयद्वारा राष्ट्रिय कर दिवस, २०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आइएमईलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिलाको कदरस्वरूप सम्मानपत्र प्रदान गरे । ग्लोबल आइएमई विभिन्न सूचकमा नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा स्थापित छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ ।

    सन् २००७ मा ग्लोबल आइएमईले वाणिज्य बैंकका रूपमा बैंकिङ कारोबार थालेको थियो । ग्लोबल आइएमई मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

    बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन एवं राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको जनाइएको छ ।

    प्रकाशित मिति :मंसिर ७ २०८० बिहिवार - १४:५६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij