Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

जिउँदो हुँदा उद्धार गर्न सकिएन, बाकसमा फर्काउन पनि धेरै समय लाग्यो

जिउँदो हुँदा उद्धार गर्न सकिएन, बाकसमा फर्काउन पनि धेरै समय लाग्यो


  • 3.1K
    Shares

    जिउँदो हुँदा उद्धार गर्न सकिएन, बाकसमा फर्काउन पनि धेरै समय लाग्यो
    images

    काठमाडौं । गैरकानुनी रूपमा इराक पुगेकी लालिमाया तामाङको गत २४ मार्चमा मृत्यु भयो । तामाङको मृत्यु नभएर हत्या भएको हुन सक्ने भनी समाचार प्रवाहित भइरह्यो । टिकटक तथा फेसबुकमार्फत निरन्तर समाचार आउन थाल्यो । यिनै समाचारका कारण नेपाल सरकार मातहतका हरेक संयन्त्रमा लास भए पनि ल्याउन अनुरोध गर्दै गरेको देखियो । तर, त्यो सम्भव भएन ।

    तत्पश्चात् शवलाई नेपाल पठाउन मध्यपूर्वस्थित नेपालीबाट प्रयास सुरु भयो । बग्दाद क्षेत्रमा नेपालीको भरपर्दो सञ्जाल नभएको कारण स्थिति जटिल बन्यो । यसैबीच इराकको बग्दादबाट भर्खरै बनेको गैरआवासीय नेपाली संघ (एनआरएनए) सदस्य टीका विश्वकर्मा सम्पर्कमा आइन् ।

    एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठ भन्छन्, ‘विश्वकर्मासँग यो विषयमा छलफल गरेपश्चात् हाम्रो मिसन सोझियो लालिमायाको शवलाई जसरी पनि एनसीसी इराकले नेपाल पठाउने भन्ने विषयमा । एजेन्टमार्फत कम्पनीको मालिकको नम्बर लिएपछि सम्पर्क गरेर कुराकानी भयो । कम्पनी नै समस्यामा पर्ने भएपछि मात्र शव पठाउन राजी भए । तत्पश्चात् टिकाजीलाई शवगृहमा शव छ या छैन कन्फर्म गर्न लगाएँ । शव त्यहीं रहेछ । शव हेर्नका निमित्त पनि पैसा तिर्नुपर्ने रहेछ । सबै कुरा बुझेपछि एफडब्लू सीडीओका संस्थापकलाई बग्दाद पठाइ लेनदेन गरी शव पठाउन कन्सुलर विभागदेखि दूतावाससम्मको कागजी प्रक्रिया अघि बढ्यो । तर, मृतकको राहदानी नहुँदा ट्राभल डकुमेन्ट बनाउनुपरेको हुँदा अर्को झमेलाले काम अघि बढेन ।’

    श्रेष्ठ थप भन्छन्, ‘कुवेत सरकारको परराष्ट्र मन्त्रालयमार्फत भेरिफाइ गरे मात्र कामअघि बढ्ने भएपछि प्रक्रिया अझै लम्बियो । अन्तमा सेप्टेम्बरमा सबै कागजी प्रक्रिया सकियो । तर, हस्पिटलमा शव फ्रिजिङको पनि चार्ज लाग्ने हुँदा लेनदेनमा कुरा मिलेन । कम्पनीको मालिकले वकिल खर्च पनि तिर्नै मानेन ।’

    यसक्रममा टीका विश्वकर्माकै इराकी साथी कामेल मोहमदको सहयोग प्राप्त भयो । शव जसरी पनि नेपाल पठाउनुपर्ने नत्र अप्ठ्यारोमा पर्ने भनिएपछि १ हजार ५ सय डलर आएपश्चात् मात्र शव पठाउन राजी हुने भएपछि एनसीसी सदस्य टीका विश्वकर्माको अभियानमा बग्दादमा आर्थिक अभियान चलाइयो । त्यससँगै एनआरएनए एनसीसी इराकको कोषमार्फत समेत थपेर १ हजार ५ सय बुझाएर शव नेपाल पठाउन सम्भव भएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

    सदस्य विश्वकर्माको अभियानमा बग्दादमा आर्थिक अभियान चलाएको र एनआरएनए एनसीसी इराकको कोषमार्फत सहयोग उपलब्ध गराइ कुल १७ सय ६७ डलरमा १५ सय बुझाई बाँकी २ सय ६७ डलर परिवारलाई पठाउने गरी ८ महिनापछि मृतकको शवलाई नेपाल पठाउन सम्भव भएको भएको अध्यक्ष श्रेष्ठले बताए ।

    जिउँदो हुँदा उद्धार गर्न नसकिएको र बाकसमा फर्काउन पनि धेरै समय लागेको भन्दै धेरै समय लगाएर भए पनि शव नेपाल पठाएको उनले बताए । एफ डब्लू सीडीओ, इराकी मित्र कामेल मोहमदलगायत आर्थिक सहयोग गर्ने बग्दादका मित्रलाई एनआरएनएले धन्यवाद दिएको छ । साथै बग्दाद आसपास क्षेत्रमा घरेलु कामदारका रूपमा जाँदा धेरै विचार गरेर जान पनि एनआरएनएले अनुरोध गरेको छ ।

    यसरी, गैरकानुनी बाटो हँुदै खाडीका विभिन्न देशमा पुग्ने कामदारले श्रम स्वीकृति हुँदैन र त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार समेत गर्ने गरेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

    प्रकाशित मिति :मंसिर ७ २०८० बिहिवार - ०७:२३:४३ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij