Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

टिकटक बन्द गर्ने निर्णय विरुद्द परेको १४ वटै रिट न्यायधीश शर्माको इजलाशमा

टिकटक बन्द गर्ने निर्णय विरुद्द परेको १४ वटै रिट न्यायधीश शर्माको इजलाशमा


  • 3.0K
    Shares

    टिकटक बन्द गर्ने निर्णय विरुद्द परेको १४ वटै रिट न्यायधीश शर्माको इजलाशमा
    images

    काठमाडौँ । पालमा टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा परेको १४ वटा रिटमा आज सनुवाई हुँदै छ । आज मंगलबार न्यायाधीश बिनोद शर्माको एकल इजलाशमा यी रिटको सुनुवाई हुने भएको हो ।

    सो इजलाशमा टिकटकबारेको रिटको पेशी तेस्रो नम्बरमा रहेको छ । यस अघि हिजो पनि यी मुद्दाको पेशी तोकिएकोमा हिजो हेर्न नभ्याइनेमा परेको थियो।

    टिकटक प्रतिबन्धबारे सर्वोच्चमा १४ वटा रिट परेको छ । सोमबार थप ४ रिट परेसंगै रिट संख्या १४ पुगेको हो ।  १४ वटै रिटको सुनुवाई एकै साथ हुने छ ।

     सबैजसो रिटमा टिकटक माथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णय बदर गर्न माग गरिएको छ। टिकटकमाथि प्रतिबन्ध लगाउँदा नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको,  र निर्णय गर्दा कुनै कानूनी आधार नटेकेकोले सरकारको निर्णय खारेज गर्नको लागि अन्तरिम आदेशको माग गरिएको छ। 

     कार्तिक २७ मा बसेको मन्त्रिपरिषदको बैठकले  टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

    प्रकाशित मिति :मंसिर ५ २०८० मंगलवार - १०:५९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij