Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

इलाम बस दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो

इलाम बस दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो


  • 2.5K
    Shares

    इलाम बस दुर्घटना अपडेट  : मृतकको संख्या तीन पुग्यो

    काठमाडौँ । इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।  

    धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको रोङ गाउँपालिका–३ कोल्बुङमा आइतबार हिजो दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका–९ धारापानीकी ३५ वर्षीया मनवती लामा र ६० वर्षीया शान्तमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

    घाइते दुवै जनाको झापाको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए । योसँगै बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । 

    यसअघि आइतबार धानुषाधाम नगरपालिका–९, धारापानीकै १२ वर्षीय अर्पण लामाको मृत्यु भएको थियो । बस सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो । बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए । तीमध्ये तीनको मत्यु भइसकेको छ भने ३३ जनाको हाल  बीएन्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ । उनीहरूको भेन्टिलेटरमा उपचार भइरहेको छ । बस चालक धनुषा जनकपुर उपमहानगरपालिका–२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ । 

    प्रकाशित मिति :मंसिर ४ २०८० सोमवार - १४:०५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij