Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

युरोप पठाइदिने भन्दै अवैध रुपमा पैसा उठाउने मुनलाइट म्यानपावर सिल

युरोप पठाइदिने भन्दै अवैध रुपमा पैसा उठाउने मुनलाइट म्यानपावर सिल


  • 9.9K
    Shares

    युरोप पठाइदिने भन्दै अवैध रुपमा पैसा उठाउने मुनलाइट म्यानपावर सिल
    images

    काठमाडौँ । वैदेशिक रोजगार विभागले ललितपुरस्थित म्यानपावर कम्पनी मुनलाइट इन्टरनेसनल प्रालिमा सिलबन्दी गरेको छ ।

    उक्त म्यानपावरले विभागबाट स्वीकृतिबिना युरोपलगायतका विभिन्न मुलुक पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा असुलेको विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    अवैध रुपमा विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाइरहेको भन्ने सूचना पाएपछि विभागको टोली कात्तिक ४ गते आकस्मिक अनुगमनमा गएको थियो ।

    अनुगमनमा जाँदा कार्यालय बन्द रहेको र सञ्चालकलाई बारम्बार सम्पर्क गर्दा पनि विभागमा उपस्थित नभएकाले मंगलबार मुनलाइट म्यानपावरको कार्यालय सिल गरिएको विभागले बताएको छ ।

    साथै वैदेशिक रोजगारीमा जान भनी रकम बुझाएका व्यक्तिलाई १५ दिनभित्र विभाग वा श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन पनि आग्रह गरिएको छ ।

    विभागले मुनलाइट म्यानपावरको सम्पूर्ण कारोबार रोक्का गरिएको र अर्को सूचना प्रकाशित नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानका लागि पैसा र राहदानी नबुझाउनसमेत विभागले आग्रह गरेको छ ।

    pr-25112020092637-1000x0.jpg

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - १४:४०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij