Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ‘एक खाता, एक विरूवा’ अभियान

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ‘एक खाता, एक विरूवा’ अभियान


  • 3.0K
    Shares

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ‘एक खाता, एक विरूवा’ अभियान

    काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ‘एनआइएमबि ग्रीन फ्युचर सेभिङ अकाउन्ट’  अन्तर्गत ‘एक खाता, एक विरूवा’ अभियानद्वारा वृक्षारोपण कार्यक्रम सुरू गरेको छ । बैंकले प्रत्येक ‘एनआइएमबि ग्रीन फ्युचर सेभिङ अकाउन्ट’ खोल्ने ग्राहकको नाममा एक विरूवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ । 
     
    बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका वडा नम्बर २ मा ५०० वटा विरूवा रोपी यस अभियानको सुरूवात गरेको हो । वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरू, लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतम टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडाका जनप्रतिनिधीहरू, महिला स्वयंसेविकाहरू तथा सशस्त्र प्रहरी निरीक्षक सन्तोश के.सी. र प्रहरी बलको उपस्थिति थियो ।    
     
    यस खाताको मुख्य उद्देश्य ग्राहकवर्गहरूलाई भविष्यका लागि बचत गर्न प्रत्साहित गर्नुका साथसाथै वातावरण संरक्षणमा पनि योगदान पु-याउनु रहेको छ । 
     
    ५०० रूपैयाँमा खोल्न सकिने यस खातामा ग्राहकवर्गहरूले आकर्षक ब्याजदर, ग्रिन पिन कार्ड सुविधा, निःशुल्क चेक बुक, प्रथम वर्षका लागि निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ सुविधा उपलब्ध गर्न सक्नुहुनेछ । साथै बैंकले ग्राहकवर्गहरूलाई ‘इको फ्रेन्डली लोन’लाई प्राथमिकतामा राखि प्रोसेसिङ फिमा २५ प्रतिशत छुट समेत दिने जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २२ २०८० बुधवार - ०९:०८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij