Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजको मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना

आजको मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना


  • 2.4K
    Shares

    आजको मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना

    हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।

    पहाडी भू–भागमा मंगलबार दिउँसो देशको आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ। देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

    राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ। कोशी  प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    प्रकाशित मिति :कार्तिक २१ २०८० मंगलवार - ०६:३९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij