Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 2.2K
    Shares

    भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (कात्तिक २० गते) अन्तिम दिन रहेको छ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

    सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। कम्पनीले प्रबर्धन गरिरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    प्रकाशित मिति :कार्तिक २० २०८० सोमवार - ०७:५१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij