Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

‘बोक्सीको घर’ फिल्म बनाउँदै केकी अधिकारी

‘बोक्सीको घर’ फिल्म बनाउँदै केकी अधिकारी


  • 9.5K
    Shares

    ‘बोक्सीको घर’ फिल्म बनाउँदै केकी  अधिकारी

    काठमाडौं । नायिका केकी अधिकारी फिल्म निर्माणको तयारीमा जुटेकी छिन् । यसअघि ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी केकीले ‘बोक्सीको घर’ नामक फिल्म बनाउने बताएकी हुन् ।

    सुलक्षण भारतीको लेखन तथा निर्देशन नाटक ‘बोक्सीको घर’ वि.सं. २०७३ को साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन गरिएको थियो ।

    यो फिल्मलाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । फिल्म्मा गौरव पहारी र केकी अधिकारीको शीर्ष भूमिका रहने जनाइएको छ ।

    निर्माण टिमले दिएको जानकारी अनुसार अन्य कलाकारको छनोट हुन भने बाँकी रहेको छ । फिल्मको फस्ट लूकसमेत सार्वजनिक गरिएको छ ।

     

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - १४:२८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij