२०८२ भाद्र १७ गते मंगलवार
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर १० प्रतिशतभन्दा माथि जान नदिने बताएका छन् ।
बिहीबार बुटवलस्थित आम्दा अस्पतालको २५ औँ वार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ब्याजदर केही घटेको भन्दै अर्थतन्त्र चलायमान समेत भएको बताएका हुन् । पर्यटन व्यवसाय फस्टाउँदै गएको भन्दै उनले केही दिनदेखि राजश्वमा समेत वृद्धि भएको दाबी गरे ।
‘मेरो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘गरिब, विपन्न र असहाय नागरिकमा स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८ सय शय्या निःशुल्क उपलब्ध गराइएको छ ।’
प्रधानमन्त्री प्रचण्डले पाठेघरको क्यान्सर र स्तन क्यान्सरविरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए । यस्तै उनले सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शय्याको १० प्रतिशत निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, प्रदेश सभामुख तुलाराम घर्ती, आम्दा नेपाल अध्यक्ष डा अनिल कुमार दास, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल लगायतले अस्पताल विकासमा सवै लाग्नुपर्ने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij