Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

पहिलो त्रैमाससम्ममा निफ्राको नाफा ९.३० प्रतिशतले बढ्यो

पहिलो त्रैमाससम्ममा निफ्राको नाफा ९.३० प्रतिशतले बढ्यो


  • 2.2K
    Shares

    पहिलो त्रैमाससम्ममा निफ्राको नाफा ९.३० प्रतिशतले बढ्यो

    चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा नेपाल इन्फ्रास्ट्रक्टर बैंक लिमिटेड (निफ्रा) को नाफा ९.३० प्रतिशतले बढेको छ।

    चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष यस्तो नाफा ३७ करोड ८६ लाख रूपैयाँ थियो।

    खुद ब्याज आम्दानी बढेपछि र प्रावधानमा राखिने रकम घटेपछि बैंकको नाफा बढेको हो। बैंकको ब्याज आम्दानी ६.९९ प्रतिशतले बढेर ७० करोड १५ लाख रूपैयाँ पुगेको छ। बैंकले यसअघि २ करोड ९१ लाख रूपैयाँ प्रावधानमा राखेकोमा यस पटक ९९ लाख ४२ हजार मात्रै राखेको छ।

    हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रूपैयाँ चुक्ता पुँजी छ। यस कम्पनीको जगेडा कोषमा २ अर्ब ५९ करोड रूपैयाँ सञ्चित छ। कम्पनीको प्रति सेयर आम्दानी ७.०१ रुपैयाँबाट बढेर ७.६६ रुपैयाँ पुगेको छ। यस्तै प्रति सेयर नेटवर्थ १०९.७८ रूपैयाँबाट बढेर ११२.०२ रूपैयाँ पुगेको छ।

    कम्पनीको कर्मचारी खर्च ७.८९ प्रतिशतले बढेर ८ करोड ९६ लाख पुगेको छ। कम्पनीको निक्षेप २९ करोड ८१ लाख रूपैयाँबाट बढेर ३९ करोड ५६ लाख पुगेको छ।

    प्रकाशित मिति :कार्तिक १६ २०८० बिहिवार - १४:३७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij