Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चिरख्वा र मिर्मिरेको आईपीओ आज बाँडफाँड हुँदै

चिरख्वा र मिर्मिरेको आईपीओ आज बाँडफाँड हुँदै


  • 2.4K
    Shares

    चिरख्वा र मिर्मिरेको आईपीओ आज बाँडफाँड हुँदै

    काठमाडौं । दुई कम्पनीले आज (कात्तिक १६ गते) आईपीओ बाँडफाँड गर्दै छन् । चिरख्वा हाइड्रोपावर कम्पनीले आईपीओ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ बाँडफाँड गर्न लागेका हुन् ।

    मिर्मिरे लघुवित्तको एफपीओ आज बिहान ८ः३० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

    मागभन्दा १३० दशमलव ६३ गुणा बढी आवेदन परेको मिर्मिरे लघुवित्तको एफपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । यसमा १४ लाख २१ हजार ७७७ जनाले कुल १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १२ हजार ३८१ जनाले मात्र शेयर हात पार्नेछन् भने बाँकी रहेका १४ लाख ९ हजार ३९६ जनाको हात खाली हुनेछ ।

    मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशनमा ल्याएको हो ।

    त्यस्तै, चिरख्वा हाइड्रोपावरको आईपीओ आज दिउँसो १ बजे बाँडफाँड हुनेछ । बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट लिमिटेडले सो समयमा बाँडफाँड गरिने जनाएको हो ।

    कम्पनीको आईपीओ अन्तिम दिनसम्ममा १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका थिए । यो माग भन्दा १५ दशमलव ३६ गुणा बढी आवेदन परेको हो । यस आधारमा कम्पनीको आईपीओ ८५ हजार ९३० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।

    कम्पनीले असोज २३ गते देखि २६ गते सम्म सर्वसाधारणमा ८ लाख ५९ हजार ३ सय कित्ता आईपीओ निष्कासन गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक १६ २०८० बिहिवार - ०९:०७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij