२०८२ भाद्र १७ गते मंगलवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउने बताएका छन्। उनले एकल दरमै बैंकको व्याजदर कायम गराउने आश्वासन दिएका हुन्।
नेपालमा अहिले अधिकांश वैंकहरूले दोहोरो अंकको ब्याजदर कायम गरेका छन्। बुधबार आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश, विशेष प्रदेश र समन्वय प्रदेश समितिको बैठकलाई पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैैैंकको ब्याजदर घटाएर जनतालाई राहत दिलाउने बताएका हुन्।
‘बैंकको ब्याज घटाउछु,’ बैठकमा प्रचण्डले राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘सके एकल अंकमा झारिन्छ नभए बढीमा १० मात्र कायम राख्ने निर्णय गराउँछु।’
प्रचण्डले पछिल्लो दिन जग्गा कित्ताकाटले राजस्व बढाएको बताए। ‘रेमिट्यान्स राम्रैसँग भित्रिएको छ, ११ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्जिती छ,’ प्रचण्डले भने, ‘तैपनि अर्थतन्त्र अझै लयमा आइसकेको छैन।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij