२०८२ भाद्र १७ गते मंगलवार
तिहार पर्वका अवसरमा नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्ने भएको छ ।
कात्तिक १९ देखि २४ गतेसम्म ५ दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बिक्री गरिने बैंकले बुधवार एक सूचना जारी गर्दै जनाएको छ ।
सुनका असर्फी र चाँदीका सिक्का प्रतिव्यक्ति बढीमा एक–एक सेट बिक्रीको प्रबन्ध मिलाइएको जनाइएको छ । उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने बैंकले बताएको छ ।
यस वर्षको तिहार कात्तिक २५ गते शुरू हुनेछ । २९ गते भाइटीका छ । बैंकले तिहारअघि नै सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्न लागेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij